Logo

पृथ्वी राजमार्ग भासिदा कार पहिरोले पुरियो



काठमाडौं, जेठ २५ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ। निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो।

मोटरसाइकल चालक सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। कार भने नदीमा पुगेको छ। ‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छु, उनले भने, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन।’ उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्