Logo

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा हुन सुरु, एकजनाले पाए राष्ट्रपतिबाट माफी



काठमाडौं, जेठ २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले विभिन्न आरोपमा पक्राउ परेका ३२ जना मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको हो।

गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा उक्त विषयमा छलफल भएको थियो । गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयको समन्वय रिहाइको तयारी भईरहेको हो ।

प्रकाण्डले केपी ओली नेतृत्वको सरकासँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता अझै पनि थुना र हिरासतमा रहेपछि सरकारसँग रिहाइका लागि पहल सुरु गरेका थिए । यसअघि सैन्य कानुनअन्तर्गत पक्राउ परी सैन्य अदालतबाट जन्मकैदको फैसालाअनुसार जेल बिताइरहेका झलकुमार महत गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिवाट गणतन्त्र दिवसरको अवसरमा माफी पाएर रिहा भइसकेका छन ।



प्रतिक्रिया दिनुहोस्