Logo

रवी लामिछानेका दाजु हरिशरणद्वारा संसदीय निर्वाचन लडने घोषणा



काठमाडौं, २७ जेठ। सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन ।

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’

बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन । भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्