Logo

२१ वर्ष पुगियो भन्दै राजेश हमालले शेयर गरे फोटो र भिडियो



काठमाडौं, २७ जेठ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले बिहीबार जन्मदिन मनाएका छन् । अभिनेता हमाल जन्मदिन मनाउन बिहीबार बिहानै आफ्नो श्रीमतीसँग पशुपति मन्दिर पुगेका थिए ।

‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले आफ्नो करिअरमा तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।
नायक राजेश हमालले अभिनय गरेका चर्चित फिल्महरु ‘वसन्ती, देउता, भाउजु, युगदेखि युगसम्म’ हुन् । यी फिल्ममा उनको जीवन्त अभिनय देख्न सकिन्छ । हमालको करियरकै चर्चित सम्वाद ‘शंकर हुँ म शंकर’ सर्वाधिक सफल सम्वाद मानिन्छ ।

पछिल्लो समय उनी राजनीतिमा पनि सक्रिय भएका छन् । आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा उम्मेदवारी दिने उनको निकटस्थहरु बीच चर्चा सुरु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्