Logo

जाजरकोट बोलेरो दुर्घटना : घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं, २७ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटमा बोलेरो जीप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

जिल्लाको जुनीचाँदे गाउँपालिका– ५ मा भएको यात्रुबाहक जीप दुर्घटनाका घाइतेहरुको उद्धार गर्न मन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई निर्देशन दिएका हुन ।

जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्