Logo

जाजरकोट बोलेरो दुर्घटनामा मृतकको पहिचान खुल्यो



काठमाडौं, २७ जेठ । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।

जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटमा बोलेरो जीप दुर्घटनामा घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्