Logo

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेविसघंले ताला खोल्यो



काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ ।

नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठनको माग गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको हो । तालाबन्दीको विषयमा बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले पनि विरोध जनाएका थिए ।

आज एक विज्ञप्ती जारी गर्दै नेविसंघले त्रिवि भित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिन भित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाइएको छ । ताला खोल्न अनेरास्ववियुले पनि माग गर्दै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्