Logo

कलेजमा चन्दा उठाउदै हिनेका शशिन्द्र मोहन रावत पक्राउ (भिडियोसहित)



काठमाडौं, २७ जेठ । नेपाल बिधार्थी संघ सिटिभिटिको नाममा अनैतिक तरिकाले कलेजहरुमा धम्काउदै चन्दा उठाउदै हिडेका शशिन्द्र मोहन रावत पक्राउ परेका छन् । रावतलाई इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि स्वघोषित ने.वि.संघ सिटिभिटि सहसंयोजक रहेको भनी कलेजहरुमा चन्दा उठाउन धम्क्याइरहेको अभियोग लागेको छ । उनको बारेमा कलेज प्रशासनहरुले सुनसरी जिल्लाका ने.वि.संघ समितिलाई जानकारी समेत गराएको थियो ।

यसअघि पनि उनीमाथि सिटिभिटिईमा विद्यार्थीको रकम अनियमितता गरेको आरोप लाग्दै आएको छ । रावतकै निर्देशनमा मधेश प्रदेशमा अमित कुमार शाह पनि ने.वि.संघ सिटिभिटि २ नं.प्रदेशका नेता हुँ भन्दै कलेजहरुमा पैसा उठाउँदै हिँडको बुझिएको छ । उनको खोजी भइरहेको स्रोतले जनाएको छ ।

मंगलवार पक्राउ परेका शशिन्द्र मोहनराजलाई आज इटहरी प्रहरीले म्याद थप गरेको छ ।
उनीमाथि सिटिभिटिमा झुट्टा आस्वासन दिएर भर्ना, रिजल्ट मिलाइदिने भन्दै बिद्यार्थीहरुलाई ठग्दै आएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस्