Logo

प्रतिनिधिसभा बैठकः डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न माग



काठमाडौँ,२७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे । बैठकको विशेष समयमा उनले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामै सीमित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

“मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उनको रहस्यमय तरिकाले मृत्यु भयो”, सांसद पोखरेलले भने, “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग¥यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”

प्रधानाध्यापक कुट्नेलाई कारबाही होस् : सांसद खतिवडा

सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।उनले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताए ।
सांसद खतिवडाले शिक्षकलाई विनाकारण कुटिएको हुँदा पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गरे ।

धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँ : सांसद लोहनी

सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। उनले कतिपय मानिस तथा चौपाया पहिराले पुरिएका हुँदा तत्काल उद्धार र पुनःस्थापनाका लागि सरकारसँग आग्रह गरे ।

म माथि दुव्र्यवहार भयो : सांसद चौधरी

सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुव्र्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।“गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उनले भने, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो ।

आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उनले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए । रासस



प्रतिक्रिया दिनुहोस्