Logo

नेप्से १४ अंकले घटेसँगै कारोबार रकममा ह्रास



काठमाडौं, २७ जेठ । आज पनि शेयर बजार ओरालो लागेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्सेमा बिहीबार र शुक्रबार गिरावट आएको हो ।

आज नेप्से परिसुचक १४ दशमलव ६४ अंकले घटेर २०४८ दशमलव १६ विन्दुमा पुग्दा कुल ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ११ अंकले घटेर ३९२ दशमलव २५ विन्दुमा थामिएको छ ।

शुक्रबार २२९ कम्पनीको ८९ करोड ४१ लाख बढीको कारोबार हुँदा ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्