Logo

प्रधानमन्त्री देउवा र अमेरिकी सेनाका प्यासिफिक कमान्डरबीच भेटवार्ता



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए. फ्लायनले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार देउवा–फ्लायनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्