Logo

युवतीलाई बलात्कार गर्ने ठुलो बुवा पक्राउ



बर्दिया, २७ जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा एक जना नातेदार पक्राउ परेका छन् । जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्