Logo

भक्तपुरबाट चोरीको मोटरसाइकलसहित एक पक्राउ



भक्तपुर, २७ जेठ । चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित चाँगुनारायण नगरपालिका–२ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका–६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२–०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरी गरी ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवान कोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्