Logo

गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २७ जेठ । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्।

भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस गीतको भिडियोमा जानुका थापा मगर, सुभम भुजेल, पबन बस्नेत काजी लगाएतको पनि अभिनय रहेको छ। सुभम भुजेलको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनाइएको छ । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोलाई बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेका हुन् ।

विहिबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया राम्रो दिएका छन् । भिडियो गायक ‘धर्मेन्द्र सेवान’कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायक धर्मेन्द्रले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्