Logo

आमालाई जलाएर मारिसकेकाले छोरी तान्न खोज्दा…



काठमाडौं, २७ जेठ । दार्चुलाकी ४० वर्षीया अनिभा खडायत २५ जेठको बिहान १२ र १६ वर्षका दुई छोरीहरुसँग घरमा सुतिरहेकी थिइन् । उनको पतिको सात वषए अगाडी मृत्यु भइसकेको थियो । एक छोरीको विवाह भइसकेको थियो। छोरा कामको सिलसिलामा भारतको ब्याग्लोरमा थिए । तीनजना महिलामात्र भएको घरमा बिहानै भोजबहादुर खडायत पुगे । उनले नाताले भाउजु पर्ने अनिभालाई बोलाए ।

अनिभा ढोका खोलेर बाहिर निस्किन् । छोरी गौमतीले आमा बाहिर गएको चाल पाइन् । तर, उनी केही बोलिनन् । बाहिर अरु पुरुषहरु पनि बोलेको आवाज उनले सुनिन् । सुतिरहेकी कान्छी बहिनीलाई सुताएर गौमती आमा आउने बाटो हेरेर बसिरहिन् । आमा निस्किएको १ घण्टा पनि नफर्र्किपछि आमालाई फोन गरिन् र मोवाइल बन्द भएपछि उनी आत्तिइन् । त्यत्तिकैमा ४ बजेतीर भोजबहादुर पुगे र उनको हात तान्न थाले ।

करीब १ घण्टापछि भोजबहादुर फेरी आए र गौमतीलाई बोलाए । गौमतीले उनलाई सोधिन्, ‘आमा खोई ?’ उनको प्रश्नको जवाफ नदिएर भोजबहादुरले गौमतीको हात समात्न थाले ।

गौमतीले जबरजस्ती हात छुटाएर छिमेकीको घर रणवीर खडायतकहाँ पुगिन् । बिहानको ४ बजे ठुलो स्वरमा गौमती चिच्याएपछि रणवीरको परिवार बाहिर निस्कियो ।

उनले सबैलाई काकाले हात समातेर तानेको बताइन् । उनले कुरा सुनाउँदै गर्दा आफ्नो घरको भित्तामा आगो बलिरहेको थियो ।
गौमतीले छिमेकीलाई आमालाई बोलाएर काकाले लगेको र त्यसपछि घर नफर्केको सुनाइन् । छिमेकी रणबीरको परिवार बलेको आगोको नजिक पुगे र त्यहाँ अनिभालाई जलिरहेको अवस्थामा देखे। काकाले बोलाएर गएकी आमा जलेको अवस्थामा गौमतीले देखिन् ।

रणवीरका परिवारले आगो छोएनन् र प्रहरीलाई खबर गरिदिए । उनीहरुले हेर्दा अनिभाको एउटा खुट्टा र एउटा हात जलिसकेको थियो । अन्य बाँकी भाग पनि जलिसक्न लागेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर, गाउँलेले भने हत्यारा सुरुमै आशंका गरेका थिए। उनीहरु तीन जना ३ दिनअघि देखिनै रक्सी खाएर बरालिएर हिडेका थिए ।

बस चढेर बैतडीतर्फ जाँदै गरेका वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले बुधबार नै पक्राउ परेपछि हत्यारा पत्ता लगाउन प्रहरीलाई सजिलो भएको हो ।

अनिभाको हत्याको प्रमुख योजनाकार भोजबहादुर खडायत नेपाल विद्युत प्राधिकरणका सुरक्षा गार्ड समेत हुन् । भोजराज घटना लगत्तै फरार थिए । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

अनिभाको शव जेठ २५ गते बुधबार आफ्नै घर पछाडी कुनिऊमा जलाइएको अवस्थामा भेटिएको थियो । अनिभाको अर्का हत्यारा वीरेन्द्र खडायत नेकपा माओवादी केन्द्र शैल्यशिखर नगर कमिटीका उपाध्यक्षसमेत हुन् ।

बिहीबार उनकी छोरी गौमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएकी छिन् । मृतक अनिभाका टाउकोमा गहिरो चोट रहेको र घटनास्थलमा ढंग्रोसमेत फेला पारेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्