Logo

नाबालिकको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाउने विकेश खोरमा



काठमाडौं, २७ जेठ । विकेश सोजुँले नाबालिकको तस्बिर इडिट गरे । उनले तस्बिर इडिट गरी अश्लिल भिडियो बनाए । नाबालिगमाथि ब्ल्याकमेलिङ गर्न खोजे । युवतीको प्रतिष्ठामा आँच आउने गरी आफन्त तथा साथीभाईको सामाजिक सञ्जालमा पठाए ।

प्रहरीले नाबालिकमाथि यो हदसम्मको गतिविधि गर्ने विकेशलाई पक्राऊ गरेको छ । साइबर ब्युरोको टोलीले २५ जेठमा विकेशलाई धुलिखेलबाट पक्राउ गरी अनुसन्धान बढाएको छ ।

यसैगरी, सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुन ेखालको फोटो क्याप्सनसहित पोष्ट गरी चरित्र हत्या गर्ने खोटाङ एसेलुखर्क १ घर भई बालाजु बस्ने भोजकुमारी दाहाल पनि पक्राउ परेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्