Logo

भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा



एजेन्सी, २७ जेठ । भारत र बङ्गलादेशबीच बस सेवा पुनः सञ्चालनमा आएको छ । अन्तरसीमा बस सेवा अगरनटालाबाट ढाका, कलकत्ता हुँदै अगरटालामै पुग्ने बङ्गलादेशस्थित भारतीय राजदूतावासले जनाएको छ ।

कोरोना भाइरसको महामारीले बन्द भएको भारत-बङ्गलादेश बस सेवा दुई वर्ष पछि पुनः सञ्चालनमा आएको हो । गत महिना दुई देशबीचको रेल सेवा पुनः सञ्चालनमा आएको थियो । कलकत्ताबाट ढाका र खुल्नामा दुईवटा रेल सेवा सञ्चालनमा छन् ।

विभिन्न गन्तव्यमा गरी पाँच वटा रुटमा भारत र बङ्गलादेशबीच बस सेवा सञ्चालनमा आउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्