Logo

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता



काठमाडौं, २७ जेठ । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् ।

मर्जरको क्रममा दुई बैंकलाई मिलाएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम राख्ने र स्वाप रेसीयो मेगाको ९० र इन्भेष्मेन्टको १०० अनुपातमा मर्ज गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । शुक्रबार अपरान्ह ३ः०५ बजेदेखि सुरु भएको मर्जर सम्बन्धी छलफल केहीबेर अघि निष्कर्षमा पुगेको हो । उक्त सम्झौतामा दुवै बैंकका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

नयाँ बन्ने नेपाल इन्मेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने गरी मर्जर सम्झौता गरिएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पू‘जी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पू‘जी १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी ३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षज्यूहरुले जानकारी गराउनु भएको थियो । वहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार गरेका छन् ।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २।२० प्रतिशत छ। त्यस्तै, मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot