Logo

हदम्याद हटाउन संसोधन दर्ता



काठमाडौं, जेठ २८ । बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद नराख्न संशोधन दर्ता भएको छ । यौन हिंसाविरुद्धका केही नेपाल  ऐनलाई  संशोधन  गर्न बनेको विधेयकमा  हदम्यादको व्यवस्था  हटाउन  दुई संशोधन दर्ता भएका हुन् ।
प्रमुख प्रतिपक्ष दल  नेकपा(एमाले) र सत्तारूढदल नेपाली कांग्रेसका तर्फबाट संशोधन दर्ता भएको हो । सत्ता घटक नेकपा(माओवादी  केन्द्र)ले भने पाँच वर्ष  हदम्यादको पक्षमा  संशोधन दर्ता गरेको छ  । अहिलेपनि हाडनाता करणी  कसुरमा भने हदम्यादको व्यवस्था छैन ।
संशोधन दर्ताकालागि तोकिएको समय  बिहीबार सकिएको छ  । प्रतिनिधि सभा सचिवालयमा तोकिएको अवधिमा छ वटा संशो  धन दर्ता भएका छन्  । जसमध्ये  एमाले सांसद बिन्दा पाण्डे सहितका आठ सांसदले बलात्कार मुद्दाको मौजुदा हदम्यादको  व्यवस्था पूर्णरूपमा हटाउन संशोधन दर्ता गरेका छन् ।
मुलुकी फौजदारी  संहिताको दफा २२९को   हदम्याद  यवस्था सबै    बलात्कार मुद्दामा नराख्न संशोधन दर्ता गरिएको हो । अहिले हाडनाता करणीको हकमा हदम्याद  राखिएको छैन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्