Logo

अवरुद्ध नारायणगढ – मुग्लिन सडक सञ्चालनमा



मुग्लिन, जेठ २८ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्