Logo

पूर्वमन्त्री चौधरीको निधन



काठमाडौं, जेठ २८ । पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ। क्यान्सरबाट पीडित पूर्व मन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको । चौधरीको ५७ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्।

त्यसबेला चौधरी नेकपा (संयुक्त) को सांसद रहेकी थिइन्। मृतक चौधरीका श्रीमान, एक छोरा र दुई छोरी छन्।



प्रतिक्रिया दिनुहोस्