Logo

६ घण्टादेखि तार समातेर मान्छे बसेपछि जलविद्युत आयोजनाको उत्पादन बन्द



काठमाडौ, २८ जेठ । माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन आज बन्द भएका छन् । नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनको खम्बामा माइला विक चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेको प्रहरीले जनाएको छ । विक ६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण ६० मेगावाट विजुली निकाल्ने पानी नदीमा आयोजनाले फाल्नुपरेको छ ।

उनलाई प्रहरी र स्थानीय वासिन्दाले तल ओर्लन आग्रह गरिरहेका छन् । तर, उनी मानिरहेका छैनन् । स्थानीयको अनुसार मानसिक सन्तुलन ठिक नभएका उनले बिहान परिवारलाई खुकुरी देखाएर परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्