Logo

ट्रान्समिसन लाइनमा चढेकालाई बचाउन प्राधिकरणको त्रीशुलीबाट उत्पादित विद्युत प्रसारण ठप्प



काठमाडौं, २८ जेठ । एउटा व्यक्तिले सिंगो देशलाई नै कति असर पार्दछ भन्ने घटना नुवाकोटको ककनीमा एक व्यक्तिको गतिविधिबाट पुष्टि भएको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एकजना पुरुष चढे । उनी चढेको देखेपछि स्थानीयले हत्तपत्त प्राधिकरणलाई खबर गरे । ती व्यक्तिको ज्यान बचाउन विद्युत प्रवाह नै रोक्नुपर्यो ।

बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक खम्बा चढेर तारसम्म पुगे । उनी तारमा समातेर यताउता गरिरहे । विकलाई निकाल्न सेना र प्रहरी खटिएको छ ।

त्रिशुली थ्री ए बाट उत्पादित विद्युत काठमाडौंमा लान रोकिएको छ । ५ घन्टा बढी प्रसारण नै बन्द गर्नुपर्दा विद्युत प्राधिकरणले करोड जति घाटा व्यहोरिसकेको छ ।

विकलाई तल ओलर्न बारम्बार आग्रह गरिरहँदा पनि मानेका छैनन् । त्यहाँ ठूलो दुर्घटनाको खतरा तत्काललाई भने टरेको छ ।



प्रतिक्रिया दिनुहोस्