Logo

लालबन्दीको श्री फौदसिह जनता माविको भवन भारतको सहयोगमा निर्माण



काठमाडौं, २८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिकास्थित श्री फौदसिंह जनता माविको भवनको आज उद्घाटन भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले आज उद्घाटन गरेका हुन् ।

लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, को दुईतले उक्त विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको जनाइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने परियोजनाहरू मध्ये एक रहेको जनाइएको छ । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने आशा गरिएको छ ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

भारत सरकारले विभिन्न स्वास्थ्य चौकीरएनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्