Logo

माइलालाई बचाउन करोडको नोक्शानी; प्राधिकरणद्वारा प्रहरी, सेना हुँदै प्रधानमन्त्री सम्म हारगुहार



काठमाडौं, २८ जेठ । ककनी गाउँपालिका-७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा माइला विक अझै छन् । उनको ज्यान जोगाउन विद्युत प्रवाह रोकिएको छ ।

माइला न तल झर्न मान्छन् न त उद्धार नै गर्न सकिएको छ । उनको ज्यान जोगाउन नेपाल विद्युत प्रधिकरणले करोडको नोक्शानी व्यहोरिसकेको छ । प्रहरी र सेना लाग्दा पनि सफलता हासिल भएको छैन ।

माइलाको उद्धारका लागि हेलिकोप्टरकै प्रयोग गर्नुपर्ने अवस्था आउन लागेपछि प्राधिकरणले प्रधानमन्त्री शेरबहादुर देउवा सम्मलाई जानकारी गराएको छ । यसअघि ऊर्जामन्त्री पम्फा भुसाललाई पनि जानकारी गराइएको थियो ।

६३ मेगावाट विद्युत अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा समेत समस्या हुन थालेको छ । बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न जालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्