Logo

प्रशारण लाइन चढेका माइला विकको सेनाको हेलिकोप्टरद्वारा उद्धार



काठमाडौं, २८ जेठ । नेपाली सेनाको होलिकोप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ उद्धार गरेको हो ।

यसअघि माइला प्रशारण लाइन चढेपनि उनको ज्यान जोगाउन विद्युत प्रवाह नै बन्द गरिएको थियो । प्रहरी र सेनाले निकै प्रयास गर्दा पनि असफल भएपछि उनलाई बचाउन सेनाको हेलिकोप्टर प्रयोग भएको हो ।

६३ मेगावाट विद्युत अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा समेत समस्या भएको थियो । बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न जालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो ।

माइलाको ज्यान जोगाउन प्रहरी, सेना हुँदै प्राधिकरणले प्रधानमन्त्री शेरबहादुर देउवासम्म अनुरोध गरेको थियो ।-Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्