Logo

सनकले सिर्जना गरेको आठघण्टे तनाव, एक करोड बढीको नोक्सान



काठमाडौं, जेठ २९ । गायक नारायण गोपालको कालजयी गीत एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा¥यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।

विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा¥यो ।स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उहाँको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो ।

दिउँसो ११ बजेतिर उहाँ त्रिशूली गाउँपालिका–४ मा रहेको बिजुलीको टावरमा चढ्नुभयोे । उहाँको आठ घण्टामा उद्धार भयो । त्रिशूली मातातीर्थ २२० केभी डबल सर्किट प्रसारण लाइनको टावर मात्र चढ्नुभएन एउटा तार समाउँदै अर्को तारमा हिँड्न थाल्नुभयो । यो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । त्रिशूली थ्री ए’को ६० मेगावाट र अन्य साना आयोजनाको बिजुली मातातीर्थ ल्याउने सो प्रसारण लाइनमा मान्छे चढेपछि आयोजनाका अधिकारीलाई खबर गरियो र उत्पादन बन्द गरियो ।

डबल सर्किट प्रसारण लाइन भएको र संयोगले उहाँ विद्युत्् आपूर्ति नभएको जगेडा तारमा चढेकाले करेन्ट लागेन । तैपनि तत्काल विद्युत् गृह बन्द गरिएको थियो । ६५ मेगावाट विद्युत् एकाएक बन्द भएपछि तनाव थपियो प्राधिकरणको भारपे्रषण केन्द्रमाथि । तत्काल भारतबाट केही आयात पनि थालियो ।

“चलिरहेको आयोजना एकाएक बन्द हुँदा हामीलाई विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या प¥यो,” भारप्रेषण केन्द्रका प्रमुख शेरबहादुर भट्टराईले भने, “तत्काल भारतबाट ३०–३५ मेगावाट आयातको प्रबन्ध गरियो । बाँकी आन्तरिक व्यवस्थापन गरेर मिलाइयो ।” शनिबार भएकाले माग पनि कम हुन्छ ।

त्यस्तै केही ठूला उद्योगलाई बन्द गर्न आग्रह गर्दा व्यवस्थापन हुन सकेको उनको भनाइ छ । बिजुली व्यवस्थापन त भयो, यो घटनाले प्राधिकरणकले करिब एक करोड रुपैयाँ गुमाउनुप¥यो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो घटनाले प्रतिघण्टा १० लाख रुपैयाँको क्षति भयो ।



प्रतिक्रिया दिनुहोस्