Logo

कमजोर भू–बनोट र विकास निर्माणले निरन्तर पहिरो



काठमाडौं, जेठ २९ । कमजोर भू–बनोट र विकास निर्माणका लागि पहाड भत्काउँदा पहिरो जाने समस्या हुने गरेको पाइएको छ ।

मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुङ्गा सडकखण्डमा केही दिनयता दैनिकजसो ठूलो पहिरो आएर राजमार्ग बन्द हुने कारण यहाँको कमजोर भू–बनोट रहेको विज्ञहरूले बताएका छन् ।

“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सीखोलाको पुल निर्माणका लागि पहाडफोड्ने काम भएको थियो । पहाड भत्काउँदा बाँकी रहेको स्थानबाटै अहिलेको वर्षामा लेदो बगेको छ ।

यही स्थान पहिलादेखि नै प्राकृतिक बनोट कमजोर रहेको थियो, अहिले वर्षा लागेपछि थप कमजोर भएर लेदो खसेको छ,” नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले भने ।

“मुग्लिनदेखि नारायणगढतर्फ दुई स्थानको पुल निर्माण गर्नुपर्नेछ जहाँ अहिले पहाड खोपे र निर्माण गर्नेक्रममा छौ । वर्षा लागेपछि हामीले कामलाई रोकेका छौँ, पानी पर्नासाथ पहिरो आएर काम गर्न दिँदैन,” उनले भने । वर्षा सकिएपछि मात्र काम गर्ने योजना रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्