Logo

विद्युत प्रशारण लाइन चढ्ने माइलालाई यसरी झारियो (तस्बिरहरु)



काठमाडौं, २९ जेठ । नेपाली सेनाले विद्युत प्रशारण लाइन चढेका माइला विकलाई निकै परिश्रम गरी झारेको छ । सेनाको टोली प्रसारण लाइन पुगेर झारेको हो ।

सेनाले माइलालाई झार्न हेलिकोप्टर समेत लगेको थियो । उनलाई शनिबार साँझ प्रशारण लाइनबाट झारेपछि विद्युत प्रवाह नियमित भएको ।

ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका माइलाका कारण ६३ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको थियो ।

बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न जालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो । माइलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्बिरहरुः नेपाली सेना

 



प्रतिक्रिया दिनुहोस्