Logo

भौतिकमा २० लाखका १८ सय टुक्रे योजना, प्रदेशमा पठाउन माग



काठमाडौं, जेठ २९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २० लाख रूपैयाँसम्मका करिब १ हजार ८ सय योजना प्रस्ताव गरेको छ। ती टुक्रे योजनाहरूलाई प्रदेश सरकार मातहतमा पठाउन भौतिक पूर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन तथा अन्य कर्मचारी संघ, संगठनहरूले माग गरेका छन्।

ती संघ, संगठनहरूले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई ज्ञापन पत्र बुझाएरै यस्तो माग गरेका हुन्। भौतिक पूर्वाधार मन्त्रालयको योजना महाशाखाका स्रोतका अनुसार वैकल्पिक सहायक राजमार्गको नाममा ७ सय ९६ वटा योजना प्रस्ताव गरिएका छन्। ती योजनाको कुल बजेट ७ अर्ब, २७ करोड ६५ लाख ९० हजार प्रस्ताव गरिएको छ।

यसैगरी स्थानीय पुलको नाममा १ हजार १ सय ४२ वटा पुल निर्माणको प्रस्ताव गरिएको छ। यसमा कुल बजेट ७ अर्ब ४३ करोड, २० लाख रूपैयाँ छुट्याइएको छ। मन्त्रालय स्रोतका अनुसार यी २ योजनाहरू अधिकांश २० लाख रूपैयाँ बराबरका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्