Logo

शौचालयमा लडेकी खड्काको मृत्यु



काठमाडौं, २९ जेठ । काठमाडौंको गोकर्णेश्वरमा शौचालयमा लडेकी एक महिलाको मृत्यु भएकोे छ । शौचालयमा लडेर रामेछाप घर भएकी सुशिला खड्काको मृत्यु भएको हो ।

खड्का गोकर्णेश्वर–४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी थिइन् । ४९ वर्षीया खड्का आफ्नै शौचालमा शनिबार लडेकी हुन् ।

लडेपछि बेहोस अवस्थामा उनका आफन्तले नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

खड्काको शव अहिले सोही अस्पतालमा राखिएको छ। तर, प्रहरीले भने अनुसन्धान सुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्