Logo

बैंक अफ काठमाण्डुको ग्राहकलाई अन्नपूर्ण केबलकारमा १०% को छुट



काठमाडौं, २९ जेठ । बैंक अफ काठमाण्डू लिमिटेडले अन्नपूर्ण केबल कार प्रा. लि.सँग सम्झौता गरेको छ ।

बैंकले केबलकारसम्म बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड क्धष्उभ तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता गरेको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्