Logo

प्रकाशमानविरुद्ध काठमाडौं–१ बाट चुनाव लड्दै रमेश खरेल



काठमाडौं, २९ जेठ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले आगामी चुनावमा उम्मेदवारी दिने भएका छन् । खरेलले आगामी प्रनिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

पार्टीले सामाजिक सञ्जालमार्फत देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिने अपेक्षा गरेको उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चा चलेपनि खरेल पछि हटेका थिए ।



प्रतिक्रिया दिनुहोस्