Logo

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन प्रदीप ज्ञवालीको माग



काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै ज्ञवालीले यस्तो माग राखेका हुन् ।

नेता ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण कुन हैसियतमा हुँदैछ भन्दै जिज्ञासा राख्दै भने,‘प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ की रक्षामन्त्रीको ? यसबारे सदनले थाहा पाउन जरुरी छ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे चाडो संसदलाई जानकारी गराउनुपर्ने उनको भनाई थियो । उनले यो विषयमा सरकारले एमालेसँग छलफल नगरेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्