Logo

माधव नेपाल र भलनाथ खनाललाई मन्त्री झाँक्रीको चेतावनी-हामी आदेश तामेल गर्ने मान्छे होईनौं (भिडिओसहित)



काठमाडौं, २९ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीले आफूहरु हटाउन चाहे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा राख्ने नसक्ने बताएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

पत्रकार धमलाले ‘तपाईँको पार्टी अध्यक्षले तपाईँहरुलाई हटाउने भनेर निर्णय गर्नुभयो, तर प्रधानमन्त्रीले त तपाईँहरुलाई हटाउनुभएन नि, यसमा के रहस्य हो ?’ भनेर प्रश्न सोधेका थिए । जवाफमा झाँक्रीले भनिन्–‘पार्टीले हटाउन चाहेको भए प्रधानमन्त्रीले किन राख्नुहुन्थ्यो होला र ?’ यद्धपी उनले मन्त्रीहरु हेरफेरबारे पार्टीले गरेको निर्णय बाहिर आउनु अपरिपक्वताको संज्ञा दिईन् ।

उनले आफ्नो पार्टी वैधानिक रुपले पनि फुट्न नपाउने जिकिर गरिन् । उनले अहिले पार्टीभित्र कुनै विवाद नरहेको स्पष्ट पारिन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको जिकिर गरिन् । तर, उनले आफूहरु (मन्त्रीहरु) आदेश तामेल गर्ने मान्छे नभएको भन्दै नेतृत्वलाई चूनौति दिईन् ।

उनले भनिन्–”यो पार्टीमा निर्णय प्रक्रियामा भाग लिने र नेतृत्व गर्ने मान्छे नै हो, दोस्रो कुरा बजेट सेसन चलिरहेको छ, यसबारेमा हामीले संसद्मा प्रकाश पार्नुपर्ने हुन्छ । हामीले संसद्मा बजेटबारे भन्नुपर्छ । हामी आत्मसम्मानको लागि पनि लागेको हो । फलानोलाई हटाउ भन्ने कुरा त सह्य हुँदैन् । हामी गठबन्धनमा सल्लाह भएर मन्त्री भएका हौं । त्यसो भएकोले सल्लाह त हुनुपर्छ । निर्णय प्रक्रियामा भाग लिने हैसियत भएकाहरुलाई नै अलग गरेर हतार हतार निर्णय गरियो ।”



प्रतिक्रिया दिनुहोस्