Logo

अर्थमन्त्री शर्मामाथि खनिए पर्यटनमन्त्री आले



काठमाडौं, २९ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले अर्थमन्त्री जनार्दन शर्मामाथि खनिएका छन् । उनले निजगढ विमानस्थल बनाउने भनेर अर्थमन्त्री शर्माले दिएको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन् ।

यद्धपी मन्त्री आलेले अर्थमन्त्री शर्माको नाम भने लिएनन् । आज (आइतवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले मन्त्री शर्मामाथि आक्रोश पोखेका हुन् । उनले आगामी वर्षका लागि छुट्याएको बजेटमाथि पनि प्रश्न उठाए ।

सम्बोधनको क्रममा उनले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने भन्दै अर्थमन्त्री शर्मामाथि व्यंग्य कसेका थिए । उनले विमानस्थल निर्माणका लागि १ खर्ब २० अर्बको अनुमान गरिएको भन्दै दाँत फुकालेर विमानस्थलको निर्माण गर्न नसकिने बताएका थिए। सो क्रममा उनले मधेशमाथि केन्द्र सरकारले विभेद गरेको कुरा पनि उठाए । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्