Logo

सुतेर बसेको भन्दै कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आलोचना



काठमाडौं, २९ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दापनि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र यसको समिक्षा नभएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको छ ।

यो बीचमा प्रदीप पौडेल नेतृत्वको एक समितिले स्थानीय तह निर्वाचनको मतपरिणामबारे एउटा प्रतिवेदन सार्वजनिक गर्नुबाहेक कांग्रेसको कुनै कमिटीको बैठकसमेत बस्ने सकेको छैन् । नेताहरुले केन्द्रीय कार्यसमितिको बैठक राखेर निर्वाचनबारे समिक्षाको माग गरेका छन् ।

तर, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले भने यसबारेमा कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ । एमाले, माओवादी केन्द्र, जसपा, लोसपाले चुनावकेन्द्रित समिक्षात्मक बैठक राखिसक्दापनि कांग्रेसले भने केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेबारे कुनै तयारी नगर्दा कार्यकर्ताहरु निराश छन् ।

कांग्रेस नेता तथा कार्यकर्ताहरुले अहिले पार्टीको महामन्त्रीमा दुवै जना युवाहरु हुँदापनि हस्तक्षेपकारी भूमिका खेल्न नसकेको भनेर शर्मा र थापाको आलोचना पनि गर्न थालेका छन् । शर्मा र थापा भने सामाजिक सञ्जालमा झुण्डिएर बसेको र मिडियाबाजीमा रमाएको भन्दै उनीहरुले तत्काल बैठक राखेर निर्वाचनको समिक्षा र समग्र राजनीतिबारे छलफल गर्न आग्रह गरेका छन् । एक युवा नेताले भने–‘पार्टीको बैठक राख्नुपर्ने बेलामा हाम्रा युवा भनिने महामन्त्रीहरु भने सुतेर बस्नुभएको छ, यसरी कसरी पार्टी विधि र प्रक्रिया लागु हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्