Logo

भारतबाट आएका युवकको कैलालीमा मृत्यु, आफन्तले दिए संगै आएका ३ जनाविरुद्ध किटानी जाहेरी



काठमाडौं, २९ जेठ । भारतबाट घर आएका अछामका एक युवकको मृत्यु भएको छ । भारतको मुम्बईबाट फर्किएका धनबहादुर शाहको कैलालीमा मृत्यु भएको हो ।

चौरपार्टी गाउँपालिका–१ शाहको मृत्यु रहस्यमयी भएको भन्दै आफन्तले अनुसन्धान गर्न माग गर्दै हत्या भएको किटानी जाहेरी दिएका छन् । प्रहरीको अनुसार मृतकका आफन्तले भने सबै मिलेर चोरी गरेर सामान ल्याएका र बाँडफाँडमा कुरा नमिलेपछि हत्या गरेको दाबी गरेका छन् । उनीहरु चारजना २६ जेठमा होटलमा बसेका थिए । जेठ २७ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शाहसँगै नेपाल फर्किएका तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शाहको शव भने सेती प्रादेशिक अस्पतालमा राखिएको छ । खडकबहादुर शाह, कृष्णबहादुर शाह र पदम साउद धनबहादुरसँगै भारतबाट आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्