Logo

सोमबारदेखि हुने आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा



काठमाडौं, २९ जेठ । नेपाल टेनिस संघले भोलि (सोमबार)देखि शुक्रबारसम्म आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस कम्पिटिसन, रिजनस क्वालिफाइड इभेन्ट साउथ एसिया–२०२२ आयोजना गर्दैछ ।

संघले दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा प्रत्येक राष्ट्रबाट ६ खेलाडीहरुको कम्पिटिसन सहभागिता रहने जनाएको छ ।

प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने र सम्पुर्ण तयारी पुरा गरेको आइतबार पत्रकार सम्मेलन गर्दै संघले जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको छनोट गत जेठ गतेदेखि १० गतेसम्म सातदोबाटोमा सम्पन्न भइसकेको छ ।

प्रतियोगिता सञ्चालनको लागि टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आईटिएफ रिप्रिजेन्टेटिभ जोनावन स्टब्स र आईटिएफ रेफ्री प्रवीन कुमार नायक नेपालमा आइसकेको संघले आज जानकारी दिएको हो । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्