Logo

मानिसभन्दा विकसित प्राणी ब्रम्हाण्डको कुनै कुनामा रहेको विश्वास



एजेन्सी, २९ जेठ । मानिसभन्दा प्राविधिक रुपमा बढी विकसित प्राणी अर्को लोकमा रहेको विश्वास गरिएको छ । रुसी स्पेस एजेन्सीका प्रमुख डिमिट्रि रोगोजिनले ब्रम्हाण्डको अर्को कुनै क्षेत्रमा त्यस्तो प्राणी रहेकोमा आफूले विश्वास गर्ने बताएका हुन् ।

शनिबार रोसिया ट्वेन्टी फोमा बोल्दै मानिसभन्दा प्राविधिक रुपमा अगाडि रहेका त्यस्ता प्राणीले पृथ्वीको सभ्यताको बारेमा पनि अध्ययन गरिरहेको हुनसक्ने बताए । रोगोजिनले ब्रम्हण्डको कुनैपनि कुनामा जीवन हुनसक्ने र त्यसमा हजारौं कारणहरुले योगदान गरेको हुनसक्ने तर्क समेत गरे । जीवनको उत्पत्तिमा बिग बाङ सिद्धान्तबाहेक अन्य पनि कारण हुनसक्ने तर्क गरे ।

रुसी एकेडेमी अफ साइन्सले पृथ्वीबाहेक अन्य क्षेत्रमा हुनसक्ने जीवनबारे गहिरो अध्ययन गरिरहको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्