Logo

खेलसँगै व्यवसायमा पनि जम्दै सरोज गिरी



काठमाडौं, २९ जेठ । सरोज गिरी युवा पुस्ताका उदयीमान व्यवसायी हुन् । उनले धेरै क्षेत्रमा आफ्नो व्यापार व्यवसाय फैलाइरहेका छन् ।

सरोज विशेषगरी मार्सल आर्टका कुशल खेलाडीका रुपमा चिनिन्छन् । मोव थाइ थाइल्यान्डमा खूबै चल्ने खेल हो जसमा सरोजले कुशलता प्रदर्शन गर्दै आए । थाइल्यान्डबाट मोव थाइको कोर्स पनि गरेका छन् । उक्त खेलको जज र रेफ्रीको कोर्स पूरा गरेका छन् ।

हरेक दिन खेलको अभ्यास गर्छन् उनी । भन्छन्,‘खेलसँगै व्यापार व्यवसायलाई पनि समय दिन सकिरहेको छु ।’ उनले वन मल्टिपर्पोज प्रालि वन अटोमोबाइल प्रा.लि., गिरी ट्राभल्स एन्ड टुर्स र गिरी रियल स्टेट प्रालि पनि सञ्चालन गर्दै आएका छन् । उनले धेरैलाई रोजगारी पनि दिएका छन् ।

आफू बोल्ने भन्दा काम गरेर देखाउने स्वभाव भएको गिरीको भनाई छ । अहिले भएका व्यवसायलाई अझ अगाडि बढाएर थप नयाँ व्यवसाय सञ्चालन गर्ने उद्देश्य रहेको बताउँछन् । संकटको बेलामा पनि उनले व्यवसायलाई अगाडि बढाउन सके । उनी भन्छन्,‘समस्याको समाधान निस्कन्छ र संकटबाट अवसर पनि ।’

उनमा व्यवसायिक क्षमता भएकैले धेरै क्षेत्रमा हात हाल्न सकेका छन् । उनले कहिले पछाडि फर्कनु परेको छैन । युवा पुस्तामै व्यवसायलाई गति दिइरहेका उनले खेल संस्थामा पनि जिम्मेवारी सम्हाल्दै आएका छन् । सरोज मुयोथाइ एशोशिएसनका उपाध्यक्ष पनि हुन् । खेल क्षेत्रमा पनि योगदान दिने उनको धोको छ । खेलले मानसिक र शारीरिक रुपमा स्वस्थ बनाउने कारण काममा पनि गुणस्तर दिन सकिने उनको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस्