Logo

चीनमा युवतीलाई पुरुषको समूहले निर्घात कुटेको भिडियो भाइरल



एजेन्सी, २९ जेठ । चीनमा एकजना युवतीलाई पुरुषहरुको एक समूहले निर्घात कुटपिट गरेको भिडियो भाइरल भएको छ । हेबी प्रान्तको टाङसाङमा ती युवतीमाथि निर्घात कुटपिट भएको हो ।

१० जूनमा सार्वजनिक उक्त भिडियोमा युवतीलाई पुरुषहरुले र्दुव्यवहार गरेका थिए । चिनियाँ सामाजिक सञ्जाल विबो र वीच्याटमा उक्त भिडियो भाइरल भएको छ । यो विषय चीनमा बहसमा गएको छ । पीडित युवती घाइते छिन् ।

चीनमा महिलाहरुको सुरक्षाको विषय जोडदार उठिरहेको छ । लैंगिक हिंसा घर देखि सडकसम्म भइरहेकोतर्फ बहस उठाइएको छ ।

महिलाहरुको महत्वपूर्ण पदमा सहभागिता कम छ । अर्कोतर्फ, महिलाको जनसंख्या वृद्धिदर निकै कम भएको छ । युरोपेली टाइम्सको रिपोर्टमा चीनमा ३ करोडभन्दा बढी पुरुषको जनसंख्या महिलाको तुलनामा बढी छ ।



प्रतिक्रिया दिनुहोस्