Logo

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं, जेठ ३० । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ ।

स्थानीय तह दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा बस्ने तय भएको बैठकमा निर्वाचनबारे समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल हुनेछ ।

यसअघि आईतबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो ।

केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो । त्यस्तै, आजको बैठकमा चुनावी समीक्षा रिपोर्ट पेस हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot