Logo

आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं, जेठ ३० । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि अदालत पुगेको विवादको सुनुवाइ आज हुने भएको हो ।

धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गते आजका लागि पेसी तोकिएको थियो ।

यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको थियो । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot