Logo

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११



रेड्मी १० प्राइम २०२२, रेड्मी नोट ११ र रेड्मी ९ए नेपालकै टप स्मार्टफोन 

काठमाडौं, ३० जेठ । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, Q1 २०२२ को रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोन रहेको दाबी गरिएको छ ।

शाओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको छ ।

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्