Logo

संसदीय समितिले अमेरीका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलायो



काठमाडौं, ३० जेठ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका भ्रमणबारे जानकारी लिन बोलाएको छ ।

सोमबार बसेको समितिको बैठकले आगामी असार ५ गतेका लागि प्रधानमन्त्रीलाई बैठकमा बोलाउने निर्णय गरेको हो ।

यसैगरी, संसद समितिको बैठकले परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि छलफल गर्ने निर्णय गरेको छ । खड्कासँग छलफल मिति भने असार ३ गतेका निर्धारण गरिएको छ । Photo : Mukunda Kalikote

 



प्रतिक्रिया दिनुहोस्