Logo

कार्तिक अन्तिम वा मंसिर पहिलो सातामा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रचण्ड



काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । उनले चुनाव एकै चरणमा गर्नेबारे छलफल सुरु भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संघीय संसद्को निर्वाचन मंसिरभित्रै सम्पन्न गर्नेबारे खुलासा गरेका थिए । पार्टी कार्यक्रमको सिलसिलामा बर्दिया पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सकेसम्म कार्तिक अन्तिम नभए मंसिर पहिलो सातामा निर्वाचन सम्पन्न गर्ने बताएका हुन् ।

उनले भने,‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’उनले निर्वाचन एकै चरणमा निर्वाचन सम्पन्न गर्नेबारे अहिले छलफल चलेको भएपनि निश्कर्षमा नपुगिएको बताए ।



प्रतिक्रिया दिनुहोस्