Logo

श्रद्धाका भाइ सिद्धान्त बेंगलुरुमा रेभ पार्टीबाट पक्राउ



एजेन्सी,३० जेठ । बलिउड अभिनेत्री श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बैंगलोर प्रहरीले हिरासतमा लिएको छ ।

मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा लागूऔषध सेवन गरेको आरोप छ । एमजी रोडमा रहेको होटल पार्कको पबमा चलिरहेको रेभ पार्टीमा बैंगलोर प्रहरीले छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डीजे भनेर बोलाइएको थियो ।

पार्टीमा सिद्धान्तसहित ६ जनामा लागूऔषध परीक्षण पोजेटिभ देखिएको छ । यसै क्रममा यस विषयमा उनका बुवाले भने लागु औषध सेवन नगरेको दाबी गरेका छन् ।

सुशान्त सिंह राजपूत ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको छानबिन सूचीमा श्रद्धा कपूर पनि परेकी थिइन्। तर, उनीविरुद्ध ठोस केही प्रमाणित हुन सकेन । सेप्टेम्बर २०२० मा एक व्हाट्सएप च्याटमा उनीहरूको नाम देखा पर्दा श्रद्धा कपूर, सारा अली खान र दीपिका पादुकोणलाई प्रश्न गरिएको थियो।

सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन् । उनले १९९७ मा आएको फिल्म जुडवाबाट आफ्नो करियर सुरु गरेका थिए । सिद्धान्तले अग्ली, जज्बा, हसिना पारकर, पल्टन, हेलो चार्ली र चेहरे जस्ता फिल्ममा काम गरिसकेका छन् । हालै रिलिज भएको सिरिज भौकालमा पनि सिद्धान्त देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्