Logo

असार १ गतेदेखि सेयर बजार सातामा ६ दिन खुल्ने



काठमाडौं, ३० जेठ । अब सेयर बजार साताको ६ दिन खुल्ला रहेने भएको छ । सरकारले जेठ १ गतेदेखि लागु गरेको आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेसँगै आगामी असार १ गतेदेखि लागु हुनेगरी सेयर बजार शनिबार बाहेक अन्य सबै दिनमा खुल्ला हुने भएको हो ।

अहिलेसम्म सेयर बजार सातामा ५ दिन मात्रै खुल्दै आएको थियो । आइतबारदेखि बिहीबारसम्म दैनिक ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेयर बजार खुल्ला रहने जनाइएको छ ।

लगानीकर्ताहरु शुक्रबार पनि कारोबार हुनेभएपछि उत्साहित भएका छन् । सरकारले जेठ २४ गतेदेखि आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ।



प्रतिक्रिया दिनुहोस्