Logo

पूर्वराजा ज्ञानेन्द्र शाह किन विदेश जाँदैछन्



काठमाडौं, ३० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि विदेश जान लागेका छन् । उनी ७५औं वर्ष पूरा हुनलाग्दा विदेश जान लागेका हुन् ।

शाह असारको पहिलो हप्तामै थाइल्यान्ड जाने भएका छन् । उनी त्यहाँ केही समय बसेर जन्मदिन मनाउन भने स्वदेश नै फर्कने बुझिएको छ ।

थाइल्यान्डको बैंककमा शाहले महत्वपूर्ण भेटघाट पनि गर्ने विश्वस्त स्रोतले बताएको छ । ती भेटहरु शुभेच्छुकहरुसँग पनि हुने बुझिएको छ ।

थाइल्यान्डबाट फर्किएपछि शाहले केही समय काठमाडौं बाहिर भ्रमण गर्ने समेत तय भइसकेको छ । उनी झापालगायत पूर्वका जिल्लामा जने बुझिएको छ । पछिल्लो समय शाह झापामा बढी जाने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्